काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद गगन थापाले अमेरिकी सरकारले उपलब्ध गराउने नेपाल ल्याउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा आजै तीनवटा ट्वीट गर्दै अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोभिड १९ खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भएकाले त्यो खोप नेपाल ल्याउन सरकारलाई आग्रह गरेका थिए ।
अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य छ।अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुनेछन् भन्नेमा विश्वास राख्दछु । (१/३)
— Gagan Thapa (@thapagk) April 28, 2021
नेपाल सरकारले केही समय अगाडि खोपका लागि अमेरिकी सरकारलाई सहयोग अनुरोध गरेको भन्दा अहिले खोपको उपलब्धताको सन्दर्भमा अमेरिकाको परिस्थिति भिन्न भएको छ। त्यस्तो मा नेपाल सरकारले त्यस्तो सहयोग नेपाल भित्र्याउन सम्पूर्ण पहल तत्काल सुरु गर्न आवश्यक रहेको छ। (२/३)
— Gagan Thapa (@thapagk) April 28, 2021
मा. @PradeepgyawaliK लाई, अमेरिकाबाट खोप ल्याउने सन्दर्भमा सम्पूर्ण कूटनीतिक कौशल र ऊर्जा प्रयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु । @USAmbNepal ले पनि यस विषयमा नेपालको अनुरोधलाई आफ्नो सरकारसम्म पुर्याउन आवश्यक पहलकदमी गर्छ भन्ने विश्वास लिएको छु। (३/३)
— Gagan Thapa (@thapagk) April 28, 2021
उनले काठमाडौंमा रहेको अमेरिकी दुतावासलाई पनि खोप नेपाल ल्याउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी दुतावासलाई मेन्सन गर्दै खोप नेपाल ल्याउनका लागि पहल थाल्न आग्रह गरेका हुन् ।
सुझावका लागि धन्यवाद माननीयज्यू ।यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढ़ाई सकिएको छ ।
— Pradeep Gyawali (@PradeepgyawaliK) April 28, 2021
परराष्ट्रमन्त्री ज्ञवालीले नेता थापाको उक्त ट्वीटलाई जवाफ दिदैँ लेखेका छन् – ‘सुझावका लागि धन्यवाद माननीयज्यू ।यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढ़ाई सकिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया