गण्डकीका तीन सांसदसहित एक कर्मचारीमा कोरोना

काठमाडौं । गण्डकी प्रदेशका तीन जना प्रदेशसभा सदस्यसहित एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार प्रदेश सभाका सबै सदस्यहरुको पीसीआर परीक्षण गरिएको थियो । बुधवार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमवारदेखि गण्डकी प्रदेशको विशेष अधिवेशन शुरु भएको छ । मंगलवारको बैठकमा सत्तापक्षकै सांसदहरुले कोरोना परीक्षण गर्नका लागि आग्रह गर्दै बैठक अवरुद्ध गरेका थिए ।

सांसदहरुमा कोरोना संक्रमण देखिएपनि प्रदेश सभा बैठक नरोकिने बताइएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्ने कार्यसूची तय भएको छ ।

बिहीवार (भोलि) मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको तयारी छ ।

प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?