काठमाडौं । संघीय सांसद प्रदिप यादवले एम्बुलेन्स तथा शव वाहन हस्तान्तरण गरेका छन् ।
आफ्नो संसदीय विकास कोषबाट खरिद गरिएको शव वाहन वीरगञ्ज महानगरपालिकामा उद्घाटन गरी हस्तान्तरण गरेका हुन् ।
आज एक कार्यक्रमकाबीच एम्बुलेन्स शव वाहन उपलब्ध गराइएको सांसद यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
साथै वीरगञ्ज महानगरपालिका मातहत चल्ने सो एम्बुलेन्स शव वाहनले वीरगञ्जवासीलाई निशुल्क सेवा सुविधा मिल्ने विश्वास लिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया