काठमाडौं । कर्णालीका प्रदेशका तीन मन्त्रीले पुनः पद तथा गोपनियताको सपथ लिएका छन् ।
फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले बुधवार मन्त्रीको पद तथा गोपनियताको सपथ लिएका हुन् ।
एमाले सांसदको हैसियतमा सपथ खाएका भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही उद्योग र पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पुनः पद तथा गोपनियताको सपथ लिएका हुन् । बुधवार (आज) कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीले तीनै जनालाई पुनः सपथ खुवाएका हुन् ।
उनीहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारलाई समर्थन दिएको भन्दै एमालेले सांसद पदबाट हटाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया