काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएका छन् ।
दिउँसो साढे १ तिरबाट शुरु भएको बैठकमा उपस्थित भएका एक सांसद खिमविक्रम शाही स्थगित भइ पुनः ४ः ३० बाट शुरु भएको बैठकमा अनुपस्थित भएका हुन् ।
प्रदेश सभाको निर्णायक मानिएको जनमोर्चाका सांसद हराएपछि विपक्षी दलमा हल्लाखल्ला मच्चिएको छ ।
उनलाई बारम्बार फोन गर्दापनि नउठेको कता गएको भन्ने जानकारी नभएको स्रोतले जनाएको छ ।
सांसद गायब भएपछि बैठक स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया