अक्सिजन सिलिण्डरमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनदायक अक्सिजन सिलिण्डर लगायतलाई कर छुट गर्ने निर्णय गरेको छ ।

मात्तृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा उपयोग गर्न जर्मन सरकारबाट प्राप्त सहयोग स्वीकार गर्ने वित्तिय सम्झौतामा हस्ताक्षर गर्न अर्थ सचिव र सहसचिवलाई अख्तियारी प्रधान गरिएको छ । नागरिक लगानी कोषको चुक्ता पुूजी वृद्धि गरि ३ अरब २७ करोड कायम गर्ने निर्णय पनि सरकारले गरेको छ ।े

त्यसैगरी शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी र रामशरण पौडेलको सेवा अवधि ३० बर्ष ननाग्घने गरी २०७८ बैशाख २१ देखि २०७९ बैशाख १८ गते सम्म पदावधि थप गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?