निषेधाज्ञासँगै कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने काम पनि रोकियो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण दर नियन्त्रण गर्नका लागि आजबाट उपत्यकाका तीनै जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी गरेसँगै कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने काम पनि उपत्यकाका जिल्लाहरुमा स्थगित गरेको छ । निषेधाज्ञासँगै स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको हो।

खड्काद्वारा जारी गरिएको सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भीडभाडले संक्रमणको जोखिम बढाएको थियो ।

नेपालमा गत चैत २५ गतेबाट दोश्रो चरणको खोप अन्तर्गत भेरोसेल खोप लगाइदै आइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?