काठमाडौं । पछिल्ला केहिदिनमा काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
यसैक्रममा काठमाडौंसँग सीमा जोडिएको जिल्ला नुवाकोटमा समेत कोरोना संक्रमणको जोखिम बढेको छ ।
नुवाकोटमा बुधवार जिल्ला अस्पताल त्रिशूलीमा ३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
बुधवार धादिङ र रसुवासहित कुल ४५ जनाको पीसीआर परीक्षण गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
काठमाडौंबाट नजिक र मानिसहरुको दैनिक कामकाजको लागि आउजाउ धेरै हुने भएकाले पनि नुवाकोटमा कोरोना संक्रमणको जोखिम बढी परेको देखिन्छ ।
त्यसो त सरकारले कोरोना संक्रमण रोकथामका लागि आज बिहान ६ बजेबाट निषेधाज्ञा जारी गरेको छ । उपत्यकामा कोरोना संक्रमणको जोखिम भएको भन्दै धेरै मानिसहरु गाउँ फर्किएका छन् । जसको कारण थप जोखिम पर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया