काठमाडौं । जेठ ६ गते तय भएको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पाँचवटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
बाग्मती प्रदेशको रिक्त रहेको एक राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी(एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी दर्ता भएका हुन् ।
निर्वाचन आयोगले बिहीबार उपनिर्वाचनको प्रयोजनको लागि दल दर्ता टुंग्याएको हो । दर्ता भएका दलहरुलाई निर्वाचन चिह्न समेत दिईसकिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले सूर्य चिन्ह पाएको छ । नेपाली कांग्रेसले रुख चिन्ह पाएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो र नेपाल मजदुर किसान पार्टीलाई मादल चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।
उपनिर्वाचनमा मतदान गर्ने मतदाताहरूको नामावलीसमेत टुंग्याएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया