कोरोना संक्रमित पूर्वरानी कोमलको प्लाज्मा विधिबाट उपचार शुरु

काठमाडौं । कोरोना संक्रमित पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ ।

कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व रानी कोमलको बिहीवारदेखि उक्त विधिबाट उपचार थालिएको हो ।

पूर्व रानी कोमलको स्वासप्रश्वासमा समस्या र अक्सिजनसमेत कमी भएपछि सघन उपचारको लागि सारिएको अस्पताल स्रोतले जनाएको छ ।

त्यस्तै उनीसँगै कोरोना संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको छ । ज्ञानेन्द्रलाई सामान्य अक्सिजन दिइएपनि प्रेरणालाई भने अक्सिजन समेत नदिई उपचार गरिरहेको छ ।
भारतमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएका तीनै जनालाई गत शनिवारदेखि अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?