काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुमा मंगलवार कोरोना विरुद्धको पहिलो खोप (चाइनीज खोप) नलगाएका र भारतीय खोपको (केही बाँकी भएको खोप) दोस्रो डोज लगाउन प्रहरी कर्मचारी बिहानैदेखि लाइनमा बसेका थिए । तर प्रहरी अधिकृतहरुले आफ्ना नातागोता,इष्टमित्रलाई खोपका लागि बोलाएपछि खोप नपुग्ने भन्दै विवाद भयो ।
विवाद पछि प्रहरी कर्मचारीले खोप नै लगाउन पाएनन् । स्वास्थ्य मन्त्रालयले खोप नै उपलब्ध नगराएको भनेर सबैलाई फर्काइयो ।
सरकारले खोपका लागि चिकित्सक,सुरक्षा निकायमा काम गर्ने व्यक्ति, पत्रकार लगायत अग्रमोर्चामा खटिएर काम गर्नेलाई खोपको प्राथमिकतामा राखेको छ । तर प्रहरीले नै अझै खोप लाउन पाएका छैनन् ।
तस्वीरहरु हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया