आज मे ३१ तारिख ‘विश्व ध्रुमपान रहित दिवस’ । विश्वमा ध्रुमपान गर्नु हुदैंन, यसको सेवनले विभिन्न किसिमका प्राणघातक समस्याहरू निम्त्याउँछन् भनेर विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गरेर मनाइदैं आएको छ ।
विश्वमा ध्रुमपानका कारणले प्रति वर्ष ८० लाख व्यक्तिहरूको मृत्यु हुने गरेको छ । जसमा ७० लाख ध्रुमपान सेवन गर्नेकै हुन्छ भने ध्रुमपान सेवन गर्ने व्यक्तिको वरिपरि रहेका १२ लाख व्यक्तिले समेत मृत्यु वरण हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । अहिले विश्वमा ध्रुमपानका अधिकांश प्रयोगकर्ता न्यून आय भएका व्यक्तिहरू धेरै रहेको सङ्गठनले जनाएको छ ।
अहिले कोरोनाको सङ्क्रमण अत्यधिक बढेको अवस्थामा ध्रुमपान गर्ने व्यक्तिहरू उच्च जोखिममा रहेका छन् । कोरोनाको असर फोक्सोमा पर्ने र ध्रुमपान गर्नेहरू यसको जोखिममा रहेको सङ्गठनले जनाएको छ ।
विश्व घ्रुमपान रहित दिवसको अवसर पारेर लोकपथले श्वास प्रश्वास रोग विशेषज्ञ डा। रवि महतसँग ध्रुमपानका असर, कोभिड हुँदा फोक्सोमा देखिने असर लगायत फोक्सोलाई कसरी स्वस्थ बनाउने भन्ने विविध विषयमा कुराकानी गरेको थियो । उक्त कुराकानीको भिडियो अंश ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया