आज उपत्यकाका तीन सीडीओहरुको बैठक बस्दै : के पूर्ण रुपमा खुला होला निषेधाज्ञा ?

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा असार ७ गते (भोलि) बाट सकिँदैछ ।

केही खुकुलो गरि असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको अवधि सकिएसँगै उपत्यकामा ‘स्मार्ट लकडाउन’ को तयारी गरिएको छ ।

पहिले भन्दा व्यवस्थित गर्दै निषेधाज्ञा थप खुकुलो बनाउनेबारे तयारी भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेम प्रसाद भट्टराईले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार त्यसबारे निर्णय गर्न लागि आज साँझ ५ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुखहरुको बैठक बस्न लागेको छ ।

‘स्मार्ट लकडाउन गर्नेबारे छलफल गर्नआज हामी तीनै जिल्लाका प्रमुखहरुको बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठकमा पहिले भन्दा व्यवस्थित र केहि खुकुलो गरि निषेधाज्ञा कायम राख्नेबारेमा निर्णय गर्नेछ ।’ उनले भने ।

त्यस्तै तत्काल सार्वजनिक यातायात र सार्वजनिक रुपमा हवाई सेवा नखुलाइले जिप्रका भक्तपुरका प्रमुख भट्टराईले लोकपथलाई जानकारी दिए ।

‘निषेधाज्ञा खुकुलो बनाइने भएपनि तत्काल सार्वजनिक यातायात र हवाई सेवा भने सञ्चालन गरिँदैन् ।’ भट्टराईले लोकपथसँग भने ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । जोखिम बढेसँगै निषेधाज्ञाका थप गरि असार ७ गतेसम्मलाई पुर्याइएको छ । हाल नेपालमा कोरोना संक्रमणको जोखिम कम भएकाले केहि खुकुलो बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?