मकवानपुरको बकैयामा घाटी रेटेर एकजनाको हत्या

काठमाडौँ, १३ चैत- पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा एकजनाको हत्या भएको छ । गएराती बकैया वडा नंबर ७ निवासी सुर्य बहादुर स्याङ्तानको घरमानै हत्या भएको हो ।गए राती हत्या भएको भन्ने खबर आएपछि बकैया वडा नंबर ३ मा रहेको हात्तिसुडे प्रहरी चौकिबाट गएको प्रहरी साहायक निरिक्षक जयप्रकाश पाण्डेको टोलीले हत्यामा संलग्न भएको भन्दै सुर्यबहादुरकी बुहारी ठुलिमाया स्याङ्तान र नातिनि मनिता स्याङ्तान लाई नियन्त्रणमा लिएको थियो ।उनीहरुलाई गएराती २ बजेनै जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको पाण्डेले बताए । हत्या किन गरिएको भन्ने कारण हालसम्म खुलेको छैन् । हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन् । उनीहरुमध्ये २ जना कामको शिलशिलामा विदेशमा छन भने ३ जना काठमाण्डौँमा रहेको प्रहरीले जनाएको छ । हत्याको आरोपमा पक्राउ परेकी ठुलिमायाको श्रीमान भने विदेशमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?