काठमाडौं । जुम्लामा ‘फाइबर टु द होम इन्टरनेट’ सेवा सञ्चालनमा आएको छ । अनलाइन सेवा प्रवाहलाई छिटोछरितो गर्न तथा उपभोक्ताको राहतका लागि निजी लगानीमा सिम्पल इन्टेलिजेन्ट सिस्टम टेक्नोलोजी प्रालिले सो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
‘फाइबर टु द होम इन्टरनेट’ सेवा जिल्लामा केही समय अघिदेखि सञ्चालनमा भएपनि शनिवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सो इन्टरनेट सेवाको उद्घाटन गरेका हुन् । सानो लगानीबाट व्यवसायमा प्रवेश गरेर सङ्घर्ष गर्दै आएका हिमा गाउँपालिका–१ का हर्ष शाही तथा प्रतिभा शाहीले समयको मागअनुसार प्रविधिको विकासमा उल्लेखीय भूमिका खेल्दै आएका छन् । नागरिकलाई इन्टरनेटको पहुँचमा ल्याउन फाइबर टु द होम इन्टरनेट उल्लेखीय भूमिका खेल्ने छ । सेवामा गुणस्तरियता र विश्वसनियतामा ध्यान पुर्याउन आवश्यक रहेको विभागका महानिर्देशक हमालले बताए ।
नेपाल टेलिकम तथा सिम्पललगायत अन्य निजी इन्टरनेट सेवाले गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्याउएर चालु आवभित्रै देशका सबै स्थानीय तहलाई इन्टरनेटको पहुँचमा पुर्याउने सरकारको लक्ष्य पूरा गर्ने सहयोग मिल्ने विभागका महानिर्देशक गोगन हमालले बताए । सेवाग्राहीको गुनासो आउने गरी नभई चुस्तरुपमा इन्टरनेट सेवा दिनु आजको आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए ।
‘फाइबर टु द होम’ इन्टरनेट सेवाको लाइन हालसम्म जिल्लाका सय जना सेवाग्राहीलाई वितरण गरिएको छ । प्रालिकी अध्यक्ष प्रतिभा शाहीले भनिन्,“उपभोक्ताको मागअनुसार सेवाप्रवाह गर्नेमा प्रतिवद्ध छौँ ।” सिम्पल इन्टरनेटले जुम्लाका आठ स्थानीय तहँंगै साविक कर्णालीका चार जिल्लामा समेत प्रभावकारी इन्टरनेट सेवा दिँदै आएको छ । नेपाल टेलिकमभन्दा सिम्पलको इन्टरनेट सेवा फाष्ट हुने अध्यक्ष शाहीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया