पिच गरेको ३ बर्ष नपुग्दै उप्कियो बझाङको सडक,सरोकारवाला मौन

काठमाडौँ, २० चैत – सूदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङको जयपृथ्वी राजमार्ग अन्र्तगत बागथला देखि चैनपुरसम्म निर्माण गरिएको वटासिल पिच ३ बर्ष नपुग्दै उप्किएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा निर्माण गरिएको यस सडकको अवस्था ३ बर्ष नपुग्दै वटासिल उप्किएपछि सडक काम नलाग्ने भएको हो ।सडक निर्माणको जिम्मा बागथला देखी झोता सम्म लुम्बीनी र लोहनी निमार्ण सेवा, झोता देखि तमैल सम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी र तमैल देखी भोपुर सम्म लामा र गोल्डेन गुड निमार्ण कम्पनीले लिएका थिए ।जयपृथ्वी बहादुर सिंह मार्गको योजना कार्यालयले वटासिल गर्ने काम सम्पन गरी गत जेठको अन्त्यतिर मात्र सडक विभागलाई हस्तान्तरण गरेको यो सडकको निर्माण कार्य नसकिदै उप्किन थालिसकेको थियो । राज्यको ठूलो लगानीमा निर्माण गरिएको यस सडकको रायलको देउरा, नारुगाड,कचालीखोला, मटेलाको बगडगांउ, तमेलको जालेबगर, जयपृथ्वी नगरपालिकाको सुवेडा लगायतका ठांउमा सामान्य पानी पर्दा पनि पहिरो आउने र सडक भासिन थाले पछि यात्रुहरुले सास्ती भोग्नु परेको छ ।तिन वर्ष अघि देखि सुरु गरीएको बागथला देखी चैनपुर सम्मको ५० किलोमिटर सडकको प्राय जसो पिच उप्की सकेको छ । वटासिल प्रविधिमा आधारित यस सडकको कालोपत्रे गर्ने काम गुणस्तरहिन भएका कारण छिटो विग्रिएको जयपृथ्वी नगरपालिका ७ घर भएका राजेन्द्र जोशीले बताए । सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण सडकको अवस्था बेहाल भएको उनको भनाइ छ ।’‘सांसद, नेता देखी यहांका सरोकारवालाहरु यहि बाटोमा ओहोर दोहोर गर्छन । प्रत्येक वर्ष सडकका कारण समस्या उत्पन्न हुने गरेको भए पनि सडक सुधारको लागी कसैले ध्यान नगएको स्थानिय जलबिरे कठायत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?