काठमाडौँ, २० चैत – नेपाल र दक्षिण कोरिया दुई देशबीच आपसी सहकार्य गरी व्यापार व्यवसाय प्रवद्र्धनमा जोड दिइएको छ ।नेपाल चेम्बर अफ कमर्सले दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोको स्वागतमा आज यहाँ आयोजना गरेको कार्यक्रममा आपसी हितका लागि मिलेर अगाडि बढ्नुपर्ने बताएको हो ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले दुई देशबीचको आर्थिक विकासका लागि मिलेर काम गर्न आग्रह गर्नुभयो । नेपाली सामान विदेशमा न्यून मात्रै निर्यात हुने तर आयात अत्यधिक हुँदा व्यापार घाटा बढिरहेको भन्दै दुई देशबीच आपसी सहकार्य गरी अगाडि बढ्न आह्वान गर्नुभयो ।दक्षिण एसियाका क्षेत्रीय निर्देशक हानसोले दुवै देशको हितका लागि मिलेर जान आफूहरु तत्पर रहेको बताउनुभयो । व्यापार लगानी प्रवद्धर्नका लागि नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो ।सोही अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क योंग सिकले नेपाल र कोरियाबीचको निरन्तर सहकार्य हुँदै आएकामा खुशी व्यक्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया