मन्त्रालयका उपसचिव झुन्डिएको अवस्थामा मृत भेटिए

बुटवल, २१ चैत । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयका उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।केही समयदेखि डिप्रेसनको सिकार भएका आचार्यलाई प्रहरीले उनी बस्दै आएको क्वार्टरको पंखा झुन्ड्याउने फलामको रडमा प्लाष्टिकको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा फेला पारेको हो ।मंगलबार दिउँसो २ बजेतिर बिरामी भइको भन्दै मन्त्रालयबाट निस्किएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए ।घटनाको खबर पाएलगत्तै घटनास्थल पुगको प्रहरीको टोलीले आचार्यलाई मृत फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?