काठमाडौं, २१ चैत । गत मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको युएस बंगला विमान कम्पनीले मृतकका कानुनी हकदार तथा संरक्षकलाई दाबी भुक्तानीका लागि सम्पर्कमा आउन सूचना प्रकाशन गरेको छ ।कम्पनीले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरुको दाबी भुक्तानीका लागि आफ्नो तोकिएको प्रतिनिधिमार्फत सम्पर्कमा आउन मृतकका परिवार, कानुनी हकदार तथा संरक्षकलाई अनुरोध गरेको हो ।कम्पनीले नेपालस्थित प्रधान–घिमिरे एण्ड एशोसिएट्स प्रालिलाई दाबी भुक्तानीको व्यवस्था मिलाउने अख्तियारी प्रदान गरेको छ ।कम्पनीले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफ्ना आधिकारिक कानुनी प्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेको छ । भुक्तानी दाबी आफ्ना प्रतिनिधि र आधिकारिक संस्थालाई इमेलमार्फत पनि गर्न सकिने व्यवस्था गरेको छ ।युस बंगला विमान गतच मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा चालक दलका चार सदस्ससहित ५१ जनाको मृत्यु भएको थियो । मृतकमध्ये २२ जना नेपाली रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया