काठमाडौं, २१ चैत । अमेरिकाको मेट्रो पोलिटन म्युजियममा रहेका दुई वटा पूरातात्विक महत्वका मूर्ति नेपाल फिर्ता ल्याइएको छ ।नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल ल्याइएको हो । दुवै मुर्ती तस्करहरुले चोरी गरी अमेरिका पुर्याइएको थियो ।नेपालको दाबीपछि म्युजियमले मूर्ति फिर्ता पठाएको हो । अमेरिकास्थित महावाणिज्यदूत मधु मरासिनीले म्युजियमले सहज ढंगले मूर्ति फिर्ता गरिदिएको बताएका छन् ।बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याट्खाबाट हराएको थियो भने विक्रम संवत १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया