सभामुख सापकोटाद्वारा निर्माणाधीन संघीय संसद् भवनको अवलोकन (तस्बिरसहित)

लोकपथ
133
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबार, पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गरेका छन् ।

अवलोकन पश्चात सभामुख सापकोटाले तोकिएको समयभन्दा अगाडि नै कार्यसम्पन्न गर्ने उपायहरुको खोजि गर्दै काम गर्न दिशा निर्देशन दिएका छन् ।

अवलोकनका क्रममा निर्माणकार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको अनुभूति भएको भन्दै सभामुख सापकोटाले उच्चस्तरीय समन्वयका लागि दैनिक रुपमा आउने व्यवधानको समाधान गर्न संसद् सचिवालय र सम्बद्ध पक्षसँग समन्वयको आवश्यकता औंल्याएका छन्।

उनले निर्माणमा संलग्न कामदारहरुको खोपका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए।

सो अवसरमा निर्माण पक्षले भवन निर्माणको ३२ प्रतिशत काम सम्पन्न भइसकेको र कार्यप्रगति लक्ष्यअनुसार नै अघि बढिरहेको जानकारी गराउँदै निर्माण कार्यमा संलग्न चार सय कामदारका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पहलका लागि सभामुख समक्ष आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?