भारतको आगरामा प्रहरीद्वारा छापा, पाँच नेपाली युवती फेला

आगरा, २२ चैत । भारतको आगरास्थित एउटा ‘रेड लाइट एरिया’ मा स्थानीय प्रहरीले छापा मारेर ९ जना युवतीलाई उद्दार गरेको छ । उद्दार गरिकामध्ये ५ जना नेपाली महिला रहेका छन् ।भारतीय संचारमाध्यमले उद्दार गरिएकामध्ये ५ जना नेपाली र चार जना भारतकै आसाम राज्यका किशोरी रहेको जनाएका छन् ।नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा ल्याएर यौन धन्दामा लगाउँदै आएको सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठा प्रहरीले जबर्जस्ती खोलर ती किशोरीहरुलाई उद्दार गरेको हो ।प्रहरीले उद्दार गरेका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखिएको छ भने कोठी संचालकलाई पक्राउ गरिएको छ ।माइती नेपालको पहलमा सो कारवाही गरिएको बताइएको छ । नेपालबाट तीन किशोरीलाई आगरा ल्याएर देहव्यापारमा लगाइएको सूचनाका आधारमा सो संस्थाले स्थानीय प्रहरीमा आवश्यक कारवाहीका लागि उजुरी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?