काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले चन्द्रमामा पानी भएको दाबी गरेका छन् । चन्द्रमाको गड्ढो यानी क्रेटर्समा दिउँसै पनि पानी भेटिन सकिने नासाका वैज्ञानिकहरुले बताएका छन् ।
चन्द्रमाको धेरै क्रेटर्समध्ये केही क्रेटर्स छायामा पर्नेगरेका छन् । छायाका कारण त्यस भागमा सधैँ अँध्यारो हुने गर्दछ । सोही ठाउँमा दिउँसै पनि पानी पाउनसक्ने वैज्ञानिकहरुको भनाइ छ ।
नासाले पहिले नै रातको समयमा चन्द्रमामा थोरै पानी भेटिएको बताएका थिए । तर जब बिहान हुन्छ घामको किरणका कारण पानी गायब हुन्छ ।
नासाको जेट प्रोपल्शन लेबोरेटरीको वैज्ञानिक जार्न डेबिडसनले चन्द्रमामा पानी भएको बताएका थिए । करिब एक दशक पहिले उनले ISRO को चन्द्रयान-१ स्पेसक्राफ्टले चन्द्रमामा पानी छ भन्ने संकेत दिएका थिए । उनकै चन्द्रयानको डाटाको सहयोगमा यो कुराको खोज भएका नाशाले बताएको छ ।
A new @NASA study suggests that water ice is present across much of the lunar surface, even during daytime.
Understanding water as a resource is essential for future human lunar exploration and #Artemis missions. https://t.co/R5o2aBvjN2 pic.twitter.com/Ts2Flj0ap0
— NASA Artemis (@NASAArtemis) August 3, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया