काठमाडौं । ग्याबी नामले चिनिएकी अमेरिकी खेलाडीले टोक्योमा कास्य पदक जितिन् । एक दृष्टि खेलको अभ्यासतिर अनि अर्को दृष्टि प्रयोगशालातिर, केही महिला खेलाडीहरूको दिनचर्या हो यो ।
तर टोक्यो ओलिम्पिकमा उनीहरूको दिनचर्या व्यायामशाला, रङ्गशाला, खेल मैदानमै बित्यो । विज्ञानलाई वृत्ति बनाइरहेका उनीहरूले पदक र कीर्तिमान बनाउनका निम्ति प्रतिस्पर्धा गर्दा बेग्लै चुनौतीको सामना गरे।
१. आन्ना कीजेनहोफर (अस्ट्रिया)
३० वर्षीया अस्ट्रियन साइकलिस्ट टोक्योमा महिलाहरूले गर्ने सडक दौडको मन पराइएका सूचीको नजिक पनि थिइनन् । अस्ट्रियाकी यी साइक्लिस्टले टोक्योमा स्वर्ण पदक जितिन् ।
सन् २०२१ की ओलम्पिक च्याम्पियन कीजेनहोफरले टेक्निकल यूनिभर्सिटी भीएना र केम्ब्रिज यूनिभर्सिटी यूकेमा गणित विषय अध्ययन गरेकी हुन्। अहिले उनी स्विट्जरल्यान्डको लोजानस्थित एउटा विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धान गर्छिन्।
२. हादिया होस्नी (इजिप्ट)
होस्नीका लागि टोक्यो ओलम्पिक्स अन्तिम प्रतिस्पर्धा हुनसक्छ । होस्नी प्राध्यापन गर्छिन् र सांसद पनि हुन् । महिला युगल ब्याड्मिन्टन प्रतिस्पर्धाबाट हटाइएपछि उनले अवकाश लिन सक्ने सङ्केत गरेकी छन्।
यूनिभर्सिटी अफ बाथ यूकेबाट बायोमेडिसिनमा स्नातकोत्तर गरेकी उनले कायरो विश्वविद्यालयबाट औषधितत्त्वशास्त्रमा विद्यावारिधि गरेकी हुन्। उनले सुजन कम गर्ने औषधि डेक्सामेथासनबारे अनुसन्धान गरेर अनुसन्धानपत्रहरू पनि प्रकाशित गरेकी छन् ।
होस्नीका इजिप्टको संसद्की सदस्य पनि हुन्।
३. ग्याबी थमस (अमेरिका)
अमेरिकाकी ग्याब्रिएल थमस ९२४० स्प्रिङ्टिङ ९दौड० एथ्लेटिक्समा निकै चर्चित छिन् । दुई सय मिटर दौडमा उनी अहिलेसम्मकै तेस्रो तीव्र धाविका हुन्। ग्याबी नामले चिनिएको उनले टोक्योमा कास्य पदक जितिन्।
प्रजननको दुर्लभ अवसरको बाटो पहिल्याइदिने एक महिला वैज्ञानिक
तर खेल अभ्यास र प्रतिस्पर्धाबीच उनले हार्भड विश्वविद्यालयमा न्यूरोबायोलजी र ग्लोबल हेल्थ विषयमा अध्ययन पनि गरिन्।
उनी अहिले अस्टिनस्थित यूनिभर्सिटी अफ टेक्ससमा महामारी विज्ञान तथा स्वास्थ्य व्यवस्थापनमा स्नानकोत्तर गरिरहेकी छन्। उनको मुख्य अनुसन्धान क्षेत्र भनेको अमेरिकामा स्वास्थ्य सेवाको पहुँचमा रङ्गभेद रहेको छ।
४. शार्लट हिम (फ्रान्स)
१२ वर्षकी हुँदा फ्रेन्च महिला शार्लेट हिम प्यारिसस्थित उनको घर नजिकै स्केटिङ गर्ने मानिसहरू देखेर मोहित भएकी थिइन्।
हिम टोक्यो ओलिम्पिक्सको प्रारम्भिक खेलबाटै बाहिरिइन्। तर उनी त्यहाँ न्यूरोसाइन्सको विज्ञ बनेर पुगेकी थिइन्। उनी नवजात शिशुहरूले हातगोडा चलाउने सीप सिक्ने क्रममा आमाको स्वरले पार्ने असरबारे अनुसन्धान गर्छिन्।
५. लुइस शानहान (आयरल्यान्ड)
चौबीस वर्षीया आइरिश धाविका शानहानको सन् २०२४ मा प्यारिसमा हुने ओलिम्पिक्समा छानिने स्पष्ट लक्ष्य थियो। तर उनले आशा गरेभन्दा चाँडै प्रतिफल पाइन् र टोक्यो ओलिम्पिक्समा ८०० मिटर दौडमा सहभागी हुने अवसर पाइन्। तर उनले पहिलो छनोट चरण पार गर्न सकिनन्।
अहिले उनी आफ्नो ध्यान विशेष रूपमा क्वान्टम फिजिक्समा दिइरहेकी छन्। उनले आफ्नै देशको कोर्क विश्वविद्यालयमा अध्ययन गरेकी थिइन्।
अहिले उनी केम्ब्रिज यूनिभर्सिटीबाट विद्यावारिधि गर्दैछिन्। उनको मुख्य रुचिको क्षेत्र मेडिकल फिजिक्स हो। उनले क्यान्सर पत्ता लगाउन र उपचार गर्न सहयोग पुग्ने उपकरण विकास गरेकी छन्।
६. नाडिन आपेट्ज (जर्मनी)
नाडिन आपेट्जले ब्रेमेन विश्वविद्यालयबाट न्यूरोसाइन्समा स्नातकोत्तर गरेकी छन् । टोक्यो ओलम्पिक्सको रिङमा प्रवेश गर्नेबित्तिकै उनले इतिहास रचिन्। उनी महिला बक्सिङमा ओलिम्पिक्समा सहभागी हुने पहिलो जर्मन प्रतिनिधि बनिन्।
तर ३५ वर्षीया आपेट्जका लागि ओलम्पिक्सको अनुभव एकदमै छोटो भयो। उनी भारतीय खेलाडी लभ्लिना बोगोहाइनसँग पराजित भइन्।
उनले ब्रेमेन विश्वविद्यालयबाट न्यूरोसाइन्समा स्नातकोत्तर गरेकी छन्। उनको अर्को लक्ष्य भनेको कलोन विश्वविद्यालय हस्पिटलबाट विद्यावारिधि गर्नु हो। उनले डीप ब्रेन स्टिम्युलेशनबारे अध्ययन गरिरहेकी छन्।
७. एन्ड्रिया मरेज (इजरेल)
क्यालिफोर्नियामा जन्मिएकी २९ वर्षीया एन्ड्रिया मरेजले स्ट्यान्डफर्ड यूनिभर्सिटीमा जीवविज्ञान अध्ययन गरेकी हुन्।
टोक्यो ओलम्पिक्समा उनी पौडीका चारवटा प्रतिस्पर्धामा सहभागी भइन्। तीमध्ये पौडीको रिलेमा उनको समूहले राम्रो प्रदर्शन गरेको थियो।
बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया