काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।
काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरु सहभागी बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्नेछ।
आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिताबारे निर्णय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया