“गृहमन्त्री बादलले कारागार अवलोकन गर्दै भनेः जेल सानो नेपाल हो”

राजेन्द्र आचार्यचितवन, २५ चैत । गृहमन्त्री रामबहादुर थापा बादलले जेल सानो नेपाल भएको बताएका छन् ।“जेल सानो नेपाल हो उनले भने बाहिर जो समस्या छ, त्यो जेलमा पनि, त्यो सुधार गर्ने पद्धति बसाउने हामी लागेका छौँ ।”गृह जिल्ला चितवनमा गृहमन्त्री भएपछि पहिलो पटक जिल्लामा आएका उनले चितवन जिल्ला कारागारको अबलोकन गर्दै जेल भित्र शोषण र अपराध नहोस् भनेर नयाा योजना निति बनाउन आफुहरु लागि परेको बताए ।आफु पनि चितवनको यहि जेलमा ६ महिना बसेको स्मरण गर्दै मन्त्री बादलले जेल भित्रका समस्या थाहा भएको भन्दै जेल सुधार कार्यक्रम लागु गर्ने बताएका छन् ।नयाँ सरकारले अपराधीलाई जेल कारागारमा आएर सोच चिन्तन बदल्ने सुधार गृहको रुपमा विकास गर्ने विभिन्न योजनाहरु बनाई राखेको बताए ।“जेलमा दुई थरिका कैद छन् उनले भने एउटा अपराध गरेर, फसाईएका वन्दी छन्, विभिन्न कारण नेपालका जेलामा पाईन्छ, जेल कारागारलाई सरकार र राज्यले सुधार गरेर सम्भ नागरिक बनाउने तर्फ अग्रसर गराउछ ।”जनताले जनताको नयाँ सरकार पाएको जिकिर गदै गृहमन्त्री बाददले अधिकतम ४० प्रतिशत सजाय भोगेका कैदीवन्दीलाई मुक्र गर्ने ऐन संशोधन बारे गृह कार्य गरेको खुलासा समेत गरेका छन् ।साथै सरकारले कैदीवन्दीको सिदा वृद्धिको निर्णय गरिसकेको जानकारी दिदै मुलुक भरमा रहेका १९ हजार कैदीवन्दीको सिदा वृद्धि गर्न समस्या नहुने समेत स्पष्ट पारेका छन् ।उनले कैदीवन्दीलाई समयमै उपचारसगैँ कामसित जोड्ने, उद्योग व्यवसासमा सलंग्न गराउने बारेमा विभिन्न योजनाहरु छिटै सार्वजनिक गर्ने घोषण पनि गरे ।सोही अवसरमा गृहमन्त्री बादललै झण्डै आधा घण्टा बढी कारागारको स्थलगत अबलोकनसगैँ कैदी वन्दीका समस्याहरु बारेमा जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?