काठमाडौँ, २५ चैत – विशेष अदालतले गुण्डा नाइके परशुराम बस्नेतलाई सफाइ दिएको छ । आज अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।उनले बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धीकरण विभागको मुद्दामा मागदाबी गरेअनुसारको कसुर गरेको भन्ने कुरा स्थापित हुन नसकेकाले सफाइ दिएको हो ।बस्नेतसहित उनकी श्रीमती अञ्जुसिंह बस्नेतलाई सफाइ दिएको हो ।सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत रु ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया