काठमाडौँ, २७ चैत – नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले आजको काठमाडौँ जिल्ला अदालतको आदेशानुसार जेल चलान गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया