५० लाख भारु नोटसहित २ जना पक्राउ

काठमाडौं, २९ चैत– प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ । काठमाडौको विभिन्न स्थानबाट ति नोट बरामद गरेको काठमाडौ प्रहरीले जनाएको छ ।भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारतमा प्रतिबन्ध गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुई दिनअघि उक्त रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएपनि विस्तृत विवरण सार्वजनिक गरेको छैन ।प्रहरीले नोटसहित समातिएका दुईजनालाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?