काठमाडौं, २९ चैत– प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ । प्रहरीले उक्त प्रतिबन्धित नोटसहित मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको छ ।काठमाडौंको लाजिम्पाट क्षेत्रमा पूराना भारतीय नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले ४९ लाख ३१ हजार ५० सय भारतीय रुपैयाँ बरामद गरेको हो ।बिहिबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले १००० दरका २२०६ थान र ५०० दरका ५४५१ थान नोट बरामद गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया