काठमाडौं, ३० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाम जोडेर नयाँ वर्ष २०७५ बाट फेसबुक पूर्णरुपमा बन्द हुन्छ भनेर प्रचारप्रसार प्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखेर फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ बाट फेसबुक पूर्णरुपमा बन्द गर्ने उल्लेख गरी फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट पोस्ट गरेको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।त्यस्तै, मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी कुनै निर्णय नगरेको बताएको छ । त्यस्तो लगत सूचना प्रवाह गर्ने व्यक्तिमाथि कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा अनुरोध समेत गरिसकेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले गलत, भ्रामक सूचनामा विश्वास नगर्न र आ–आफ्नो सामाजिक सञ्जालबाट त्यस्ता गलत सूचनाहरु पोष्ट गरेको भए हटाउन समेत सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया