नेपाली नयाँ वर्षमा डोनाल्ड ट्रम्पले दिए शुभकामना

काठमाडौँ, १ बैशाख- नेपाली नयाँ वर्षको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्डले शुभकामना दिएका छन् ।ट्रम्पको तर्फबाट ह्वाइट हाउसस्थित कार्यकारी सचिव जोन जे सुल्लिभानले एक वक्तब्य जारी गर्दै नेपालीको नयाँ वर्ष २०७५ सालको शुभकामना दिएका हुन् ।’राष्ट्रपति ट्रम्प र अमेरिकन जनताको तर्फबाट विश्वभर रहेका नेपाली समुदायलाई नयाँ वर्ष पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ ।सुभकामना संदेशमा उनले नेपाली नयाँ वर्षले बितेको वर्षको उपलब्धिलाई संस्थागत गर्दै मनाउने अवसर दिएको बताउदै भनेका छन्, ‘हाम्रा सरकारबीचको समृद्धि र अझ गहराईबाट साझेदारी बढउने भविष्यको बारेमा देख्नु जरुरी छ । यो हाम्रो संस्कृति र समाजका लागि नेपाली-अमेरिकनको योगदानको सम्मान गर्ने एक मौका हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?