काठमाडौं, १ बैशाख– आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता पूर्वराजा र अपेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले शुभकामना दिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् ।नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताएकी छिन् ।राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गरेकी छिन् ।उनले विभिन्न तहका जननिर्वाचित निकायमा अभुतपूर्व रुममा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै राजनीतिक एवं संवैधानिक परिवर्तनबाट देशलाई सामाजिक समानता एवं आर्थिक समृद्वितर्फ अगाडि बढाउने र संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थव्यवस्थासहित राष्ट्रलाई आत्र्मनिभर बनाउने अवसर प्राप्त भएको बताएकी छिन् ।यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ साल ऐतिहासिक निर्वाचन वर्षको रुपमा बिदाई भएको भन्दै नयाँ वर्ष २०७५ शुभारम्भको सुखद अवसरमा देश विदेशमा रहेका समस्त नेपालीलाई सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।उनले नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्विको यात्राले छलाङ हान्ने वर्ष हुने अपेक्षा लिएको उपराष्ट्रपतिको निजी सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।शुभकामना सन्देशमा देउवाले नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन भइसकेको र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै यस ऐतिहासिक उपलब्धिपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् ।यसैगरी नेपाली नयाँ वर्षको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्डले शुभकामना दिएका छन् ।ट्रम्पको तर्फबाट ह्वाइट हाउसस्थित कार्यकारी सचिव जोन जे सुल्लिभानले एक वक्तब्य जारी गर्दै नेपालीको नयाँ वर्ष २०७५ सालको शुभकामना दिएका हुन् ।ुराष्ट्रपति ट्रम्प र अमेरिकन जनताको तर्फबाट विश्वभर रहेका नेपाली समुदायलाई नयाँ वर्ष पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँु, विज्ञप्तीमा भनिएको छ ।मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नव वर्ष, २०७५ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना दिएका छन् ।शुभकामना सन्देशमा उनले वर्तमान समय बोलेर भन्दा पनि गरेर देखाउने समय भएको भन्दै जनताले परिणाम र सुखद भविष्यप्रति आश्वस्त हुन चाहेको बताएका छन् ।विकास र समृद्धि शब्दको बुई चढेर नआउने हुँदा त्यसतर्फ एकलव्य भई लाग्नुपर्नेमा समेत रेग्मीले जोड दिएका छन् ।‘वर्तमान समय बोलेर भन्दा पनि गरेर देखाउने हो । जनता परिणाम र सुखद भविष्यप्रति आश्वस्त हुन चाहन्छन्’ रेग्मीलेसन्देशमा भनेका छन्, ‘ विकास र समृद्धि शब्दको बुई चढेर नआउने हुँदा त्यसतर्फ एकलव्य भई लाग्नु अब सबै नेपाल र नेपालीहरुको अभिष्ट बन्नु पर्छ । तसर्थ, इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिबाट मात्र सफलता र समृद्धितर्फको यात्रा सिर्जनशील रुपमा अघि बढ्ने भएकाले नव वर्ष, २०७५ ले हामी सबैलाई यसतर्फ अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।’नेपाली जनताले चाहना राखेको आफ्नो संविधान आफै बनाउने उत्कट अभिलाषा पूरा भइसकेको उल्लेख गर्दै रेग्मीले तीनै चरणको निर्वाचन समेत सम्पन्न भइसकेकाले अब देश र जनताको चाहना शान्ति, स्थायित्व र समृद्धि भएको बताएका छन् ।यसका लागि संविधानद्वारा प्रत्याभूत हक, अधिकार र विकासको प्रतिफल जनसाधारणलाई अनुभूत हुने गरी सबैको पहुँचमा पु¥याइएको अवस्थाको सुनिश्चितता हुनुवर्नेमा जोड दिँदै रेग्मीले भनेका छन्, ‘अन्यथा परिवर्तन र लोकतन्त्रको सारभूत पक्ष ओझेलमा पर्नेछ । लोकतन्त्रलाई धरापमा पर्न नदिन सुशासन, सेवामुखी प्रशासन, विकास र समस्त साधन स्रोतको न्यायोचित वितरण आजको अनिवार्य आवश्यकता बनेको छ ।‘उनले जनअपेक्षा पूरा गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा समेत जोड दिएका छन् ।यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने प्रयास भइरहेको बताएका छन् ।नयाँ वर्ष २०७५ को अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले शब्दजालको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षतविक्षतु तुल्याइने खतरा बढ्दै गएको बताएका हुन् ।‘सबै नेपालीहरुको सपना स्वाभिमान र आत्मसम्मानसहितको समृद्ध नेपाल हो । विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा सबै नेपालीले सोहीस्तरको जीवन जिउने आकांक्षा राख्नु स्वभाविकै हो,’ पूर्वराजा ज्ञानेन्द्रले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘तर यहाँ शब्द जालहरुको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षत विक्षत तुल्याइने खतरा बढ्दै गएको महसूस गरेको वर्तमान अवस्था राष्ट्रको यथास्थिति हो ।’पूर्वराजा ज्ञानेन्द्रले मौलिक धर्म, संस्कृति र पम्पराविरुद्ध खडा गरिएका चुनौतीहरु अझै शिथिल भइ नसकेको पनि उल्लेख गरेको छन् ।यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता माधव नेपाल, राप्रपा अध्यक्ष कमल थापालगायतले पनि नयाँ वर्षको अवसरमा शुभकामना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया