असारभित्र देशभर एनालग केबल टिभी बन्द गर्ने तयारीमा सरकार

काठमाडौं, १ वैशाख । सरकारले आगामी असारसम्मा देशभर एनालग टेलिभिजन बन्द गर्ने तयारी गरेको छ ।यसअघि काठमाडौंमा पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द भइसको छ । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने भएको हो ।सर्वोच्चले एनालग केबल टिभी बन्द गर्ने सरकारी निर्णय कायान्वयन नगर्न भन्दै गरेको रिट खारेज गरिदिएपछि सूचना तथा सञ्चार मन्त्रालय देशभर एनालग टिभी बन्द गर्ने अभियानमा लागेको हो ।आगामी बैशाख १५ सम्म सबै टेलिभिजन सेवा प्रदायकले डिजिटाइजेशनमा जान मन्त्रालयबाट अनुमति लिइसक्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?