चितवन, २ वैशाख । मुग्लिन नारायणगढ सडकखण्ड आइतबारदेखि फेरि दैनिक ६ घण्टा बन्द हुन थालेको छ ।सडक विस्तारको काम भइरहेका कारण बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी चलाउन नमिल्ने मुग्लिन नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ ।आयोजनाका प्रवक्ता समेत रहेका इन्जिनियर शिव खनालले नयाँ वर्षका लागि भन्दै खुल्ला गरिएको सडकमा आइतबारदेखि फेरि दैनिक ६ घण्टा गाडी चलाउन रोक लगाइएको बताए ।पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्नेछ । तोकिएको समयमा विस्तार सम्पन्न गर्नेगरी काम भैरहेको आयोजनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया