गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने भारतमा पक्राउ

काठमाडौं, २ बैशाख । काठमाडौंमा युवतीको हत्या गरी भारत पुगेका एक युवकलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको छ ।काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका युवकले नै उनको हत्या गरेको खुलेको छ । हत्या गर्ने सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा पक्राउ परेका छन् ।उनले गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारी ‘रिया’ को हत्या गरेर भारत पुगेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो ।रियाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव फेला परेको थियो । युवतीसँगै राति गेष्ट हाउसमा गएका शर्माले होटलको आगन्तुक पुस्तिकामा भने घर दाङ घोराही नगरपालिका–१, वर्ष २६ र नाम विकास वली लेखेका थिए ।उनीहरु राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्था भेटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?