जुत्ताभित्र दुई केजी ८ सय ग्राम सुन भेटियो, दुई भारतीय नागरिक समातिए

काठमाडौं, २ बैशाख । प्रहरीले दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् ।उनीहरु फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए । प्रहरीका अनुसार उनीहरुबाट बरामद सुनको मूल्य १ करोड ४१ लाख ९३ हजार ६ सय रुपैयाँ पर्छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा प्रहरीले चेक गर्दा दुवै जनाले जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन फेला परेको थियो ।बरामद सुन र उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, सिनामंगलमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?