‘दुई हजार लिएर यौन सम्बन्ध राख्न नदिएपछि युवतीको हत्या’

काठमाडौं, २ बैशाख । काठमाडौंको भुवनेश्वरी गेष्ट हाउसमा भएको युवती हत्या प्रकरणबारे नयाँ तथ्य बाहिर आएको छ ।गत चैत २२ गते काठमाडौंको टोखा नगरपालिका–९, मिलन टोलमा रहेको भुमेश्वरी गेष्ट हाउसमा २२ वर्षीय युवती मृत अवस्थामा भेटिएकी थिइन् ।हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको र उनले राति सँगै बसेका युवकलाई पैसा लिएर यौन सम्बन्ध राख्न नदिई ब्ल्याकमेल गर्न थालेपछि हत्या भएको खुलेको हो ।हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्था पक्राउ गरेर नेपाल ल्याएको छ ।प्रहरीसँगको बयानका क्रममा युवकले युवतीलाई आफूले २ हजार रुपैयाँ तिरेर होटलमा लगेपनि सहमति अनुसार यौन सम्पर्क गर्न नदिइ गाली गलौज गर्न थालेपछि घाँटी र खुट्टा बाँधेर भागेको बताएका छन् ।‘राति रक्सी खाएर लठ्ठ भएर निवस्त्र भए पनि सहमति अनुसार सम्पर्क गर्न दिइन । बरु उल्टै केटाहरु बोलाएर खत्तम पार्छु भन्दै धम्काइन’, प्रहरीले अभियुक्तको बयानलाई उदृत गर्दै भन्यो, ‘यसरी नै कति केटालाई लुटिसकेँ । तँलाई पनि लुट्ने हो । तेरो आमा, दिदी बहिनीहरुसँग सम्पर्क गर भनेपछि आवेशमा केटीलाई घाँटी र दुवै खुट्टामा बाँधेर होटलबाट भागेको हुँ ।’बसर्पाकमै भेट भएर सहमतिमा दुई हजार रुपैयाँमा युवती युवकसँग गेष्ट हाउस गएकी थिइन् । त्यसअघि उनीहरुबीच चिनजान समेत नभएको पाइएको छ ।यो पनि पढ्नुहाेस्

गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने भारतमा पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?