सलमानलाई विदेश जाने अनुमति

काठमाडौँ, ४ बैशाख- बलिउडका अभिनेता सलमान खानलाई जोधपुर अदालतले विदेश भ्रमणको अनुमति दिएको छ । यस अघि उनलाई कृष्णसार शिकार मुद्धामा जमानत प्रदान गरिएको थियो । केही अघि अभिनेता खानले जोधपुर जिल्ला र सेसन अदालतमा विदेश भ्रमण गर्न अनुमती दिन अनुमति माग्दै निवेदन हालेका थिए । सलमान खान मे २५ देखि जुलाई १० बीचमा क्यानडा, नेपाल र अमेरिका भ्रमण गर्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?