यस्तो छ पत्रकारको भागबन्डा

काठमाडौँ, ४ वैशाख – नेपाल पत्रकार महासंघ प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले तालमेल गर्ने सहमति गरेका छन् ।तीन संस्थाका पदाधिकारीको आज बसेको बैठकले भौगोलिक सात र गैरभौगोलिक तीन गरी १० प्रदेशका नेतृत्व र कार्यसमितिमा सहमतिका साथ उम्मेदवारी दिने निर्णय गरेका छन् ।यही वैशाख २२ गते हुने प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारीले पाँच, प्रेस युनियन दुई र प्रेस सेन्टरले तीन प्रदेशको नेतृत्व लिने सहमति गरेको युनियनका उपमहासचिव भीष्मराज ओझाले जानकारी दिए ।सबै प्रदेश सिमितिका पदाधिकारी र सदस्यमा तीनै संस्थाले भागबण्डा गरी उम्मेदवारी दिने निर्णय गरेको जनाइएको छ । उक्त सहमतिपत्रमा चौतारीका अध्यक्ष गणेश बस्नेत, युनियनका अध्यक्ष बद्री सिग्देल र सेन्टरका अध्यक्ष महेश्वर दाहालले हस्ताक्षर गरेका छन् ।उक्त सहमतिअनुसार तीनै संस्थाले आजैका मितिदेखि लागू हुने गरी आ–आफ्नो मातहतका समितिलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?