को-को पुगे एनएफडीसी अवार्डमा, फितलो व्यवस्थापनले चर्को आलोचना (फोटो फिचर)

काठमाडौं । पछिल्लो समय कलाकारहरुको सिनेमासँग सम्बन्धीत संघ संस्थाले आयोजना गर्ने अवार्ड समारोहमा कलाकारको उपस्थिती न्यून हुने गर्दछ । तर, बिहीबार सम्पन्न अवार्ड समारोहमा भने फरक दृष्य देख्न पाइयो । जहाँ नेपाली सिनेमाका नाम चलेका थुप्रै अनुहारलाई एउटै मञ्चमा देख्न पाइयो । नयाँ देखि पुराना पुस्ताको बाक्लो जमघट त्यहाँ देखियो ।

अवार्ड समारोहमा अहिलेका चर्चित नायक अनमोल केसी, प्रदिप खड्का, पल शाह, पुष्प खड्का, प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, आमेश भण्डारी, सलोन वस्नेत, सारुक ताम्राकार पुराना कलाकारमा भुवन केसी, रमेश उप्रेती, नायिका निरुता सिंह, आँचल शर्मा, वेनिशा हमाल लगायतका थुप्रै कलाकारहरु अवार्ड समारोहमा पुगेका थिए । तर, मौसममा देखिएको समस्या र अवार्ड आयोजकको फितलो व्यावस्थापनले कार्यक्रमलाई खल्लो बनाएको थियो ।

अवार्ड सुरु भएको केहि समयदेखि नै पानी पर्न सुरु भयो । पानी पर्न थाले पश्चात अवार्ड समारोहमा उपस्थित पाहुना र कलाकारको भागदौड भयो । यहाँसम्म की केही समयको लागी अवार्ड वितरण कार्यक्रम नै स्थगित गर्नु प¥यो । पानीले गर्दा कलाकारले तयार पारेका साँस्कृतीक प्रस्तुतीमा समेत उपस्थित पाहुना तथा दर्शकले हेर्न पाएनन् । जसले गर्दा कार्यक्रम नै खल्लो हुन गयो । अवार्ड समारोहमा उपस्थीत कलाकारहरुले भने, आयोजकले कार्यक्रकको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै आयोजक संस्थाको चर्को आलोचाना गरे ।

लामो समयसम्म पानी नरोकिए पछि आयोजक संस्थाले होटलको एउटा कुनाको सानो स्थानमा अवार्ड कार्यक्रम गर्नुपर्ने भयो । जसले गर्दा सबै कुरा राम्रो हुँदाहुदै पनि बेमौसमे पानी र आयोजकको लापरवाहीले अवार्डको गरिमा नै घटाएको उपस्थित दर्शकको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?