कामसम्बन्धी रोगले बर्षेनी २८ लाखको मृत्यु

एजेन्सी : धनी देशहरूका काम गर्ने ठाउँमा  स्वास्थ्य र सुरक्षाका विषय हास्यास्पद हुन सक्छन् तर विकासशील देशहरूमा यो विषय जीवन र मृत्युको विषय भइरहेको छ । युद्धमा  गएर ज्यान गुमाउने दर भन्दा असुरक्षित कार्यस्थलमा काम गर्नेहरूमा बढी हुन्छ ।

दुर्घटना एवं कामसम्बन्धी रोगका कारण मर्नेहरूको संख्या २८ लाख रहेको छ।  काम गर्ने ठाउँमा दुर्घटनामा गम्भीर घाइते वा घाउखत लाग्नेको संख्या दैनिक १० लाख बढी छ । कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नअपनाएका भवन निर्माण स्थल वा खतरनाक मेसिन भएका कारखानामा काम गर्नेहरू मध्ये १० लाख बढी घाइते हुने गरेका छन् । संयुक्त राष्ट्रसंघको श्रम सम्बन्धी नियोग अन्र्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले यो साता सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो दर्शाइएको हो ।

आइएलओका महानिर्देशक गाइ राइडरले स्कूल जाने उमेरका १५ करोड २० लाख बालबालिका काम गर्न गइरहेका छन् । ती मध्ये आधाजति खतराहुने ठाउँमा काम गर्ने गरेको उनले जनाए ।
श्रम क्षेत्रमा प्रवेश गरेका काम गर्ने उमेर समूहका युवाहरू वस्यक कामदारहरू भन्दा  ४० प्रतिशत बढीले काम गर्ने ठाउँमा दुर्घटनामा पर्ने गर्छन् । वयस्क मजदुरहरू अरूभन्दा बढी दुर्घटनामा पर्नुको मुख्य कारण उनीहरूले जोखिमपूर्ण काम गर्न सक्दिन भन्नु हो ।

म्यानमारमा काम गर्ने आइएलओका प्रोग्राम अफिसरका अनुसार युवा उमेरमा प्रवेश गर्नेहरूले नाइ भन्न सक्दैनन् । ती अधिकारी मजदुरहरूलाई काम गर्ने ठाउँमा जोखिमबाट कसरी बच्न सकिन्छ भने तालिम दिने गर्छन् । ती अधिकारीका अनुसार किशोर युवाहरूले कुनै पनि काम गर्नुपर्छ भन्ने महसुस गर्छन् । काम गरेर गुजारा चलाउने बाध्यता उनीहरूसँग छ ।

निर्माण सेवा अन्तर्गतका निर्माण स्थल र कृषिको क्षेत्रमा दुर्घटना विकासशील देशहरू मध्येको एक म्यानमारमा बढी पाइएको छ । कृषि क्षेत्रमा प्रयोग हुने विषादीको प्रयोग गरे पछि त्यसको उचित तवरले सरसफाइ र सुरक्षा प्रवन्ध नहुँदा उनीहरू घाइते हुने गर्छन् ।सस्तो ज्यालामा काम गर्ने श्रमिकहरू सर्वाधिक खतरनाक काममा संलग्न रहेको पाइन्छ ।

अाइएलअोको अध्ययनबाट युवा उमेरका मजदुरहरू दुर्घटनामा पर्ने वा रोगी हुने दर बढी रहेको पाइएको छ । युवा कामदारहरूलाई नयाँ काम हुन्छ । पहिलो महिनामा काम गर्ने यस्ता युवाहरू घाइते हुने सम्भावना ४ गुना बढी हुन्छ । आप्रवासी मजदुरहरूमा भाषाको समस्याले सर्वाधिक कठिन एवं खतरनाक काममा काम गर्नुपर्ने बाध्याता रहेको देखिन्छ ।

यस्ता मजदुरहरूको शिक्षाको अभाव, सीपको अभाव र तालिमको अभाव भएकाले उनीहरूले अपनाउनुपर्ने सतर्कता निर्देशिकाको पालनासम्म गर्न सक्दैनन । मेसिन चलाउने, भ¥याङ चढने वा रसायनको प्रयोग गर्ने कार्यमा यस्ता अनुभवहीन युवाहरूलाई लगाउने गरिन्छ । जसले गर्दा उनीहरू खतरनाक दुर्घटनामा पर्ने गर्छन् । आइएलओको प्रतिवेदनले कार्यस्थलमा हुने यस्ता दुर्घटना कम गर्न राम्रो सुरक्षा व्यवस्था अपनाउन आग्रह गरिरहेको छ ।

विगतका दुई दशकमा विश्वभरका स्कूलहरूमा बालबालिकाहरूको पहुँच धेरै भएको पाइएको छ । यसले गर्दा यस्ता किशोर युवाको संख्यामा कमी आएको छ । सन् २००० देखि २०१६सम्म बाल श्रमिकको संख्यामा करिब ९ करोडले कमी आएको छ । काम गर्ने वैधानिक उमेरको पालनाले यस्तो हुन सकेको अनुमान छ ।

तर, घाइते हुने स्थिति अझ उच्च रहेको छ । प्रतिवेदनका अनुसार दैनिक ३ करोड ७० लाख किशोर किशोरी खतरनाक कार्यस्थलमा काम गर्न गइरहेका छन् । उनीहरू दुर्घटनामा कुनै पनि बेला पर्न सक्छन्  किनभने कार्यस्थल असुरक्षित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?