आकाशको शक्ति सन्तुलन रूपान्तरण गर्दै चिनियाँ क्षेप्यास्त्र

एजेन्सी  :२५ वर्ष अघिसम्म अमेरिका र यसका सहयोगीहरू आकाशलाई कब्जा गरी बसेका थिए । आकाश युद्ध भए अमेरिका र यसका सहयोगीहरूका अगाडि कोही टिक्ने अवस्थामा थिएन् ।

तर प्रविधिको विकास चीनको हवाई उद्योगमा द्रुतगतिमा भयो । हवाबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणालीको विकासले अकाशको युद्ध मैदानको खेललाई नै परिवर्तन गरिदिएको छ । 

रुसले आफ्नो हवाइ सेनालाई आधुनिकीकरण गरिरहेको छ । लामो समयमा चीनले  करिब करिब १३ ट्रिलियनको अर्थतन्त्र बनाउनेछ । यस किसिमको विकासले अमेरिका र यसका सहयोगीहरूका लागि रणनीतिक चुनौती थपिदै गएको छ ।

सन् २०१७मा चिनियाँ प्रतिरक्षा खर्च ५.६ प्रतिशतले बढयो त्यतिखेर अमेरिकीमा केही परिवर्तन भएन् । रुसको प्रतिरक्षा खर्च २० प्रतिशतले घटयो । स्टकहम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार चीनले गतवर्ष २२८ अर्ब अमेरिकी डलर बराबरको खर्च भने रुस ६६ं३ अर्ब खर्च गरेको थियो ।

चीनले आफ्नो वर्चस्व कायम गर्न महत्वांक्षाहरूलाई अगाडि सारिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिनले विश्वमा आफ्नो महत्वकांक्षी उद्देश्य पूरा गर्न रोबोटिक्स र कृक्रिम बौद्धिकताजस्ता उन्नत

उद्योगको विकास र विस्तारलाई बढाउने निर्णय गरेका छन् । दक्षिण चीन समुद्र र त्यसबाहेकका क्षेत्रमा देखिएका विवादमा चिनियाँ स्वार्थलाई स्थापित गराउन यो निर्णय गरिएको बुझिएको छ ।

हावाबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्रको क्षेत्रमा चीनले ठूलो फर्को मारिरहेको छ । यसका १० वा २० लाख अमेरिकी डलर बराबरको हतियारले १५ करोड अमेरिकी डलरबराबरको लडाकु विमानलाई ध्वस्त गर्न सक्छ ।

चीनको प्रतिरक्षा बजेट रुस वा भारतको भन्दा तीन गुनाले बढिरहेको दखिन्छ ।तर अझ पनि अमेरिकाको प्रतिरक्षा खर्च भन्दा कम छ । अमेरिकीको यो खर्च१६० अर्ब अमेरिकी डलर बराबर  छ ।
मार्चमा अमेरिकी हवाइ सैनिकले आधा अर्ब अमेरिकी डलर बराबरको सम्झौता रेथन इंकसँग गर्याे ।

 १६० किलोमिटरटाढा सम्मका शत्रुको लडाकु विमानलाई ध्वस्त गर्न सक्ने हावाबाट हावालाई मार हान्न सक्ने क्षेप्यास्त्रका लागि यो सम्झौता गरियो । तर चीनले हालै गरेको खरिद अनुसार पीएल –१५को रेन्ज धेरै ठूलो रहेको छ ।

पीएलले रडारलाई स्क्यान गर्न सक्ने छ । यसैबीच रुसले पनि आफ्नो क्षेप्यास्त्र प्रणालीलाई सुसज्जित बनाएको छ । यसैबीच चीनले हावाबाट हावामा मार हान्न सक्ने अस्त्रहरूको विकास पीएल डब्ल एक्सको रूपमा गरेको छ ।

यो क्षेप्यास्त्रले ३सय माइल टाढाका शत्रुको विमानलाई मार हानेर ध्वस्त बनाउन सक्छ ।चीनसँग पीएल टेन क्षेप्यास्त्र समेत रहेको छ ।अमेरिकी अधिकारीहरूका अनुसार चिनियाँ र रसिया प्रगतिबाट अमेरिका चिन्तित हुनुपर्ने काम छ ।

उनले हाइपरसोनिक मिसाइलहरूको विकास गरिरहेका छन् ।यस कार्यमा अमेरिका अहिले पछाडि रहेको छ । चीनले रुसमा विकास भएको लडाकु बेडा लिने भएको छ ।चीनले रुसबाट क्षेप्यास्त्र लिएको मात्रै होइन चेंग्दु जे ट्वेन्टी नामक गुप्त लडाकु विमानको विकास गर्न शुरू गरिसकेको छ ।

चीनले पाकिस्तानलाई यस्ता जटिलप्रकारका लडाकु विमान आपूर्ति गर्ने गरेको छ । भारतले यस्ता हतियार अमेरिका र रुसबाट लिँदै आएको छ ।सन् २००७यता चीन  र पाकिस्तान मिलेर जेएफ सेभेन्टीन लडाकु विमानको संयुक्त उत्पादन गरेको छ ।

जसका लागि रुसले उच्च गुणस्तर भएका इन्जिनहरू उपलब्ध गराइरहेको छ । मार्चमा चिनियाँ सञ्चार माध्यमले जेएफ सेभेन्टीनको स्तरोन्नति गरिएको जनाएको थियो । यो भएपछि एक ठूलो दुरी भित्र रहेका शत्रुको खोजी गरी प्रहार गर्न सक्ने क्षमताको छ ।

गत महिना भारतले १५ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय कम्पनीलाई नयाँ ११० लडाकु विमान उपलब्ध गराउन आह्वान ग¥यो । पाकिस्तानँग १०० बढी जेएफ सेभन्टीन छ भने यसले नयाँ २५वटा यो वर्ष उत्पादन गर्न लागेको हो ।

बेइजिंगको प्रविधि क्षेत्रको प्रगति दक्षिण एसिया बाहिरका लागि प्रभावित गरिरहेको छ । यसअघि गरीव देशहरूलाई साना र सस्ता हतियारहरू बिक्री गर्दै आएको थियो । चीनले यो हैसियतमा परिवर्तन गरी दुनियाँमा हतियारको तेस्रो ठूलो व्यापारी बन्न पुगेको छ ।

यसमा सउदी अरब, इराकलगायत अन्यदेशहरूलाई सशस्त्र ड्रोन बिक्री गरेको समावेश छ । यी देशमा अमेरिकाले बिक्री गर्न अस्विकार गरेको छ ती देशहरूमा चीनले हतियार बिक्री गर्ने गरेको छ ।
रुससँग मिलेर चीनले गरेका केही क्षेप्यास्त्रहरू युद्धका हिसावले असल रहेका छन् । रुस चीनको प्रतिस्पर्धी नभएर साझेदार रहेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?