अस्ट्रेलियाली वैज्ञानिकले इच्छामृत्यु पाए

बहस इच्छामृत्यु
नेपाल लगायतका अधिकांश मुलुकमा आत्महत्या वा इच्छामृत्यु वैधानिक मानिएको छैन् । महाभारतको एक पात्रलाई इच्छामृत्युको वरदान प्राप्त थियो । ती व्यक्ति थिए भीष्म जो पाण्डव र कौरवका पितामह थिए । अर्जुनको वाण शैय्यामा परिरहँदा पनि उनको मृत्यु भइरहेको थिएन् ।

कारण थियो उनले लिएको प्रतिज्ञा जबसम्म हस्तिानपुर चारैतिरबाट सुरक्षित भइसकेको विश्वास हुँदैन तबसम्म मर्दिन भने थियो । महभारतको लडाइ खतम नभएकोले हस्तिानपुरको सुरक्षाको विषय सुनिश्चित नभएकाले अर्जुनले बनाएको वाणहरूमा पीडा सहेर भएपनि सुतिरहेको दृश्य महाभारतमा आधारित दृश्य हेर्न पाइन्छ ।

यता २१ औं शताब्दीमा इच्छामृत्युबारे बहस भइरहेको छ । यसक्रममा  अस्ट्रेलियाली वैज्ञानिक डेभिड गुडालले १०४ वर्षको उमेरमा इच्छामृत्यु आफ्नो योजना अनुसार एक कार्यक्रममा पाएका छन् ।

तर उनलाई यो इच्छामृत्यु उनको आफ्नो देश अस्ट्रेलियामा सम्भव भएन् । उनी स्विटजरल्यान्ड पुगेर इच्छामृत्यु पाएका हुन् ।

उनलाई स्विटजरल्यान्डका चिकित्सकहरू र कानुनविद्ले इच्छामृत्यु पाउन सहयोग गरे । जुन इच्छामृत्यु उनको चाहना थियो ।

उनको उमेर १०४ वर्षको भएपनि त्यतिको उमेरका सामान्य स्वास्थ्यका लागि आवश्यक स्वास्थ्य अवस्था सामान्य थियो । उनलाई कुनै आवधिक रोग थिएन र पनि यस्तो अवस्थामा इच्छामृत्यु वरण गर्ने गुडाल पहिला अस्ट्रेलियाली बनेका हुन् ।

उनको यो इच्छामृत्युले विश्वभर बहसलाई चर्काइ दिएको छ । इच्छामृत्यु अघि उनले आफ्ना सबै पारिवारिका सदस्यहरूसँग भेटघाट गरेर यो निर्णय सुनाएका थिए । अन्त्यमा उनले गत साता  स्विटजरल्यान्ड गएका थिए ।

उनका समर्थकहरूले उनको यो निर्णयलाई प्रसंशा गरेका छन् विपक्षीहरूले आलोचना गरेका छन् । उनले आफ्नो जीवन मूल्यहीन भएकाले मर्ने निर्णय गरेको बताएका थिए ।

तर विपक्षीहरूले बुढयौलीका कारण यो एक खतरनाक निर्णय हो । उनको मृत्यु समारोहलाई स्विटजरल्यान्डको बसेलमा सम्पन्न गरियो । जहाँ मृत्युलाई सघाउन कानुनी मान्यता प्राप्त छ ।

स्विस विमानस्थलमा सोमबार उनलाई इच्छामृत्युका अधिवक्ता फिलिप नित्स्केले स्वागत गरेका थिए । उनले इच्छामृत्युका लागि स्विस एसोसिएसन लाइफ सर्कलमा आवेदन दिएका थिए । जसलाई अनुमोदन गराउन फिलिपले सहयोग गरेका थिए ।

फ्रान्स लगायतका ठाउँबाट त्यहाँ उनका नाती नातिना आएका थिए ।

गुडालले भने “ मेरो हालको जीवन रमाउने खालको रहिआएको छैन । त्यसैले म मेरो मृत्युका लागि बसेल आइपुग्दा खुशी लागेको छ । केही काम कारबाइ पूरा भएपछि मेरो मृत्यु पूरा भएपछि म अझ बढी आनन्दित हुनेछु ।” 

एक पत्रकारले आफ्नो योजना अनुसार मृत्यु पाउने चाहना बारे तपाई सुनिश्चित हुनुहुन्छ भनि सोधिएको प्रश्नको जवाफमा उनले भने “ हो म यहाँ त्यसैको लागि आएको छु ।” मर्न पाउनु मेरो रोजाइ हो यसमा कसैले हस्तक्षेप गरेको मलाई राम्रो लाग्दैन उनले भने ।

गुडालले आफ्नो इच्छामृत्यु अघि एक प्रेस सम्मेलनको आयोजना समेत गरेका थिए । त्यो प्रेस सम्मेलनमा विश्वभरका पत्रकारहरू जम्मा भएका थिए । पत्रकारसम्मेलनमा जम्मा भएकाहरूलाई हेरेपछि उनले भने “ मैले अपेक्षा गरे भन्दा पनि धेरै मानिस यहाँ आएका रहेछन् ।”

उनको मृत्युलाई सुनिश्चित गर्ने दुई स्विस डाक्टरलाई भेटर आफ्नो मृत्यु पाएका थिए । स्विस कानुन अनुसार पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरी उनलाई बसेलको कुनै गुप्त स्थानमा लगेर मृत्यु दिइएको थियो ।
डा नित्स्के इच्छामृत्युको वकालत गर्ने समूह एग्जिट इन्टरनेशनलका संस्थापक हुन् । उनले भने “ यो इच्छामृत्युको सन्दर्भमा यस्तो केस पहिलो हो । बुढयौली बाहेक उनलाई कुनै आवधिक रोग थिएन् । डेभिड गुडाल यस्ता मृत्युको चाहना राख्नेहरूमा पहिला व्यक्त भए ।”

अस्ट्रेलियाली मेडिकल एसोसिएसनले यो घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । पश्चिम अस्ट्रेलियाको संसदीय समतिले यो मृत्युको केसबारे छानबिन शुरू गरेको छ ।

अस्ट्रेलियाली मेडिकल एसोसिएसनका अध्यक्ष माइकल गननोनले इच्छामृत्यु माग्नेलाई सघाउने डाक्टरले आत्महत्यालाई सघाउने काम गरेको र यो खतरनाक हो भनेका छन् । मान्छेको जनकल्याणका लागि निरन्तर लाग्नुपर्नेमा मान्छे मार्ने काममा सहयोग कसरी गर्न सकिन्छ भनेर उनले आलोचना र गरेका छन् ।

उनले भने “ हामीले राम्रो जीवन बाँच्न अभिप्रेरित गर्ने तर मर भन्न सक्दैनौं ।”

मानिसहरूबीचको गुडालले निसन्देह इच्छामृत्युको बहसलाई अगाडि बढाएका छन् । आफ्ना आफ्ना धारणा र विश्वासबीच यो बहसको कुनै एक पक्षमा ठोस निर्णय वैज्ञानिकहरूले प्राप्त गर्न सक्दैनन त्यतिञ्जेलसम्म निरन्तर चलिरहने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?