उपत्यकामा यातायात प्रभावित, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा केही समयको लागि यातायात प्रभावित हुने भएको छ । 

विषेश कारण देखाउँदै यी क्षेत्रमा दुईतर्फि रुपमै यातायात प्रभावित हुने भएको छ । 

बालुवाटार, एकेडेमी मोड, पानीपोखरी, लैनचौर, केशरमहलका साथै दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली कुपण्डोल, पुलचोक र जावलाखेल हुँदै चल्ने सवारी साधानहरु दुईतर्फी रुपमै प्रभावित हुने भएको छ । 

यी क्षेत्रमा यातायात प्रभावित हुने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?