सन् २०२०सम्म रुसी नयाँ हाइपरसोनिक हतियार युद्धका लागि तयार हुने

एजेन्सी :अमेरिकी गुप्तचरहरूले रुसले ध्वनिको गति भन्दा ५ गुना तीव्रगतिमा जान सक्ने नयाँ हाइपरसोनिक लडाकु विमान सन् २०२०सम्म युद्धका लागि तयार गरिसक्ने जनाएका छन् ।

अमेरिकी गुप्तचरहरूको सो प्रतिवेदनसँग प्रत्यक्ष सम्पर्क राख्ने स्रोतले जनाए अनुसार अहिले तयार भइसको छैन् । हाइपरसोनिक हतियारको रुसले सफलतापूर्वक परीक्षण गरिसकेको छ ।

गुप्तचर प्रतिवेदनमा यो हाइपरसोनिक हतियारले परमाणु युद्धशीर्ष( न्युक्लियर वारहेड) बोक्न सक्ने सन् २०१६मा गरिएका दुई परीक्षणमा देखिएको उल्लेख गरिएको छ ।

तेस्रो परीक्षण सनु २०१७को अक्टोबरमा गरियो । त्यसलाई हाइपरसोनिक ग्लाइ भेइकल भनिएको छ । तर त्यतिखेर नतिजा राम्रो आएन् । लक्ष्यलाई मार हान्न केही सेकेनड पहिले प्लेटफर्ममा ध्वस्त भएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले कसैले जित्न नसक्ने हाइपरसोनिक हतियारको विकास गरिरहेको बताएको दुई महिनापछि यो खुलासा सार्वजनिक भएको हो । 

हाइपरसोनिक ग्लाइड भेइकललाई अन्तरमहाद्वीपमा तैनाथ गरिएका हवामा मार हान्न सक्ने क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्लास्टिक मिसाइल)को माथि बसाउन सक्ने गरी डिजाइन गरिएको छ ।

यसलाई जब प्रहार गरिन्छ त्यतिखेर यो हाइपरसोनिक हतियारले हवाको गति बल(एयरोडाइनामिक फोर्स)को उपयोग गरी वायुमण्डलको माथि शक्ति प्रवाहित गराउँछ ।

एक अर्को अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार हाइपरसोनिक ग्लाइड वाहनहरू रुस निर्मित एसएस–१९ इन्टरकन्टिनेन्टल ब्लास्टिक मिसाइलमा थुम्काइएका छन् । तीन दशकदेखि रुसले विकास गरिरहेको यो हतियारको गति ध्वानिको गति भन्दा पाँच गुना बढी वा १ माइल प्रति सेकेन्डका दरलाई लक्ष्यमाथि प्रहार गर्न सक्छ ।

रुसले यसको चौथो परीक्षण यो गर्मीको मौसमा गर्न सक्ने अपेक्षा गरिएको छ ।यो अहिलेसम्मको कुनै पनि क्षेप्यास्त्र प्रणालीलाई हराउन सक्ने क्षमता राख्दछ । रुसले सन् २०२०सम्म हाइपरसोनिक मिसाइलको निर्माण गरिसकेपछि अमेरिका र चीनलाई पछि पार्न सक्ने देखिएको छ ।

मार्चमा राष्ट्रको नाम दिएको सन्देशमा पुटिनले आफूहरूसँग कसैले पराजित गर्न नसक्ने हाइपरसोनिक न्यूक्लियर विपन रहेको बताएका थिए । त्यतिखेर उनले आगोको गोला बर्षा गराउन सक्ने यो हतियार ध्वनिको गतिभन्दा २० गुना बढी गतिले लक्ष्यलाई मार हान्न सक्ने दाबी गरेका थिए ।

अमेरिकाका शीर्ष परमाणु कमाण्डरले सांसदहरूलाई हाइपरसोनिक हतियारबाट प्रतिरक्षा गर्न सक्ने ढाल अमेरिकासँग नरहेको जनाएका थिए ।

वायु सेनाका जनरल जोन हेटनले भने “ अमेरिका विरूद्ध हुने यस्तो हतियारको प्रहारबाट बच्न सक्ने कुनै उपाय छैन् । रुस र चीन दुबै हाइपरसोनिक हातहतियारको विकास आक्रमकरूपमा गरिरहेका छन् । ”

रुस र चीनबाट उत्पन्न भइरहेको खतरासँग जुध्न अमेरिकाको प्रतिरक्षा विभागले ६ खर्ब ८६ अर्ब अमेरिकी डलर बराबरको बजेटको माग गरेको छ । हाइपरसोनिक हतियारसँग लडन अमेरिकासँग पर्याप्त क्षमता नभएको प्रस्ट छ ।

माग गर्दा पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि ११.५ अर्ब अमेरिकी डलर बराबरको बजेट विनियोजन गरिएको छ । यो अहिलेसम्मकै सबै भन्दा बढी बजेट विनियोजन मानिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?