एकताको भोलिपल्टै धुम्बाराही र पेरिसडाँडामा यस्तो गाईजात्रा

काठमाडौं ।  एमाले र माओवादीबीच एकता भएको भोलिपल्टै एकीकृत पार्टीमा गाइजात्रा देखिएको छ । एकै नीति, सिद्धान्त र एजेण्डा बोकेर दुई पार्टीबीच एकता भएको भएपनि बोर्ड फरक फरक टाँसिएको छ । 

एमाले र माओवादी केन्द्रबीच बिहिबार एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो । त्यसको भोलिपल्ट  दुई पार्टीको तत्कालिन कार्यालयमा एकीकृत पार्टीको बोर्ड राखिएको भएपनि चिन्ह फरक फरक राखिएको छ । 

 एकताअघिको  माओवादी केन्द्रको पार्टी कार्यालयमा हसिया हथौडा अंकित चिन्ह भएको बार्ड टाँसिएको छ । जहाँ पार्टीको आधिकारिक चुनाव चिन्ह सूर्य राखिएको छैन । यस्तै तत्कालिन एमालेको पार्टी कार्यालयमा राखिएको  बोर्डमा सूर्य चुनाव चिन्ह राखिएको छ तर हसिया हथौडा राखिएको छ । यद्यपि दुबै पार्टीको बोर्डमा नाम भने नेपाल कम्युनिष्ट पार्टी नै राखिएको छ । 

नेताहरुका अनुसार  धुम्बाराही नेकपाको केन्द्रीय कार्यालय हुनेछ भने पेरिसडाँडा जनबर्गिय संगठनलगायतको कार्यालय हुनेछ । 

दुई पार्टी एकता भएपनि बोर्डमा एक रुपमा नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिले एकता भएपनि पार्टीबीच अझैं विवाद कायमै रहेको अर्थका रुपमा बुझेका छन् । 

यसअघि गत बैशाख ९ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच बोर्डका बिषयमा तनाव नै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?