सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार : नाक नथुनी हिँड्नै सकिन्न

सडेका तरकारीको दुर्गन्ध, बिक्रिमा राखिएका तरकारीमाथि रङ्बङ्गीएका झिँगा । लथालिंग पाराले जहाँतही फालिएका क्रेट, काम्रो फुस्किएर फालिएका डोकाहरु, वाक्कै आउने वातावरणका बीच नाक थुन्दै हिँडिरहेका मानिसहरुको भिड ।

यो दृश्य कहाँको हो ? भनेर अल्मलिनुपर्दैन । यो हो देशकै सबैभन्दा धेरै मात्रामा तरकारी तथा फलफूलको कारोबार हुने सरकारी स्वामित्वको कालिमाटी फलफूल तथा तरकारी बजार हो । 

एक र दोस्रो तरकारी पसल (स्टल) को बीचमा छुट्याइएको बाटोमा फोहोरैफोहोर , व्यापारीहरु आ आफ्ना स्टलबाट तरकारी बेचिरहेका ।  न तरकारी बजार सफा न फलफूल न त माछा पसल नै । न थोक बजार सफा छ, न त खुद्रा नै । देशको प्रमुख तरकारी तथा फलफूलको व्यापारिक स्थान कालीमाटीको अवस्था दयनीय छ । तर यो आजको मात्रै समस्या होईन । वर्षौदेखि यही कालीमाटीको फोहोरसँग राजनीति गरेकाहरुले तरकारी बजारको अवस्था यस्तो दयनीय बनाएका हुन् ।  
सिंगो काठमाडौँ यस बजारसँग कतिसम्म आश्रीत छ भने कालीमाटी तरकारी बजार बन्द हुँदा काठमाडौँबासीको चुल्हो बल्दैन । काठमाडौँसँग सीमा जोडिएका जिल्लाहरु पनि यहि तरकारी बजारसँग आश्रीत छ । त्यसकारण पनि यो बजार ‘व्यापारीक हवको’ रुपमा परिचित छ । तर यो बजार आफैँमा दुर्गन्धित र असभ्य छ । जसका कारण बजारमा तरकारी किन्न जानेलाई पनि असहजता हुन्छ ।

दुर्गन्धित वातावरण मात्रै यहाँको समस्या होईन । कालीमाटी फलफूल तथा तरकारी बजारमा एउटा व्यापारीले लिएको स्टल अर्कै व्यक्तिलाई भाडामा लगाएर कमिशन खाने प्रवृत्तिले  व्यापारीहरुको हालिमुहाली कतिसम्म चलेको छ भन्ने प्रष्ट पार्छ । कालीमाटी तरकारीमा देखिएका केही दृश्य यहाँ प्रस्तुत गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?