पर्यटकको पहिलाे गन्तव्य ठमेल यस्ताे अस्तव्यस्त (फोटोफिचर)

अंग्रेजीमा टि. एच. ए. एम. ई. इल. ‘ठमेल’ भनेर गुगल ईन्जिनमा टाईप गर्नुभयो भने तपाईँको स्क्रिनमा आँखै खाने चमकधमक वाला तस्बिरहरु देखापर्छन् ।

सुन्दर, रंगीन, उज्याला अनि झिलीमिली लाईटिङ, विदेशीको बाक्लो झुण्ड, चुईगम बेच्नेहरुपनि फरर अंग्रेजी बोलिरहेका, दाँया रिक्साको झुन्ड, बायाँ पस्मिना पसल, डान्सबार, रेष्टुरेन्ट, डिस्को, गजल, दोहोरी, अनि मुखै रसाउने गरि ठेट नेपाली, नेवारी, थकाली, चाईनिज, थाई, इटालियन, इण्डियन, मेक्सिकन, कण्टिनेण्टल आदि सबै खाले परिकारका मेनुहरु तेर्साईएको देख्नुहुन्छ ।

यहि तस्बिरले तपार्इँलाई तानेर तपार्इँ ठमेल पुग्नुभयो भने तपार्इँको मुहारमा एकपटक ग्रहण लाग्नेछ । हो, ठमेलको पर्यटन प्रर्वद्धनका नाममा बजेट नछुट्टीएको होईन तर ठमेलले वर्षौदेखि एकैखाले समस्या  झेलिरहेको छ । लोकपथ डटकमको लेन्समा ठमेल यस्तो रुपमा कैद भएको छ । (फोटोफिचर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?