क्वालालम्पुरस्थित नेपाली दूतावासका चालक प्रधान निष्कासित

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासमा कार्यरत कर्मचारी प्रविन प्रधानलाई दूतावासले निष्कासन गरेको छ । 

क्वालालम्पुरस्थित नेपाली दूतावासमा कार्यरत सवारी चालक प्रधानलाई दूतावासले निष्कासन गरेको हो ।

प्रधानलाई दूतावासको कुनै पनि जिम्मेवारी नरहने गरि निष्कासन गरिएको दूतावासबाट राजी विज्ञप्तिमा उल्लखे गरिएको छ । 

त्यस्तै प्रधानले काठमाडौंको गौशालामा उत्सव एचआर सोलुसन प्रा.लिको नाममा म्यानपावर कम्पनी सञ्चालन गरिरहेको पाइएको थियो । 

दूतावासको मानमर्दनमा आँच पुग्ने गरी म्यानपावर सञ्चालन गरेको र दूतावासको नाममा गलत फाइदा उठाएको भन्दै चालक प्रधानलाई सो पदबाट निष्कासन गरिएको दूतावासले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?